साउन २१ । अष्ट्रेलिया बंगलादेशसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पनि पराजित भएको छ। बुधबार राति भएको खेलमा अष्ट्रेलिया बंगलादेशसँग ५ विकेटले हारेको हो।
ढाकामा अष्ट्रेलियाले दिएको १२१ रनको लक्ष्य बंगलादेशले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका लागि अल्फिफ होसेनले सर्वाधिक ३७ रन जोडे। साविक अल हुसेनले २६ रन बनाउँदा मेहेदी हसनले २३ रनको योगदान गरे।
बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्ट्रार्क, जोस हेजलउड, स्टोन अगर, आदम जाम्पा र आन्द्रे टेले समान एकरएक विकेट लिए।
यसअघि, पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२१ रन बनाएको थियो। अष्ट्रेलियाका लागि मिचेल मार्सले सर्वाधिक ४५ रन जोडे। मोइस हेनरीक्युले ३० रन बनाउँदा मिचेल स्ट्रार्कले १३ रनमा आउट भए।
बलिङतर्फ बंगलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए। सोरिफुल स्लामले २ विकेट झारे।
यसअघि, मंगलबार भएको पहिलो टी–२० मा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको थियो। पाँच खेलको शृंखलामा बंगलादेशले २–० को अग्रता बनाएको छ। एजेन्सी


























