साउन २१ । प्रिमियर लिग क्लब एस्टन भिल्लाले फरवार्ड ड्यानी इंग्सलाई अनुबन्ध गरेको छ। एस्टनले फरवार्ड ड्यानीलाई साउथह्याम्पटनबाट अनुबन्ध गरेको हो।
इंग्ल्यान्डका फरवार्ड ड्यानीले एस्टनसँग तीन वर्षको सम्झौता गरेका छन्। एस्टनले ड्यानी अनुबन्धको रकम भने खुलाएको छैन। २९ वर्षीय फरवार्डले गत सिजन २९ प्रिमियर लिग खेलमा १२ गोल गरेका थिए।
ड्यानी सन् २०१८ मा लिभरपुलबाट साउथह्याम्पटन आएका थिए। एक सिजन लोनमा खेलेका ड्यानीलाई साउथह्याम्पटनले स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो। ड्यानीले इंग्ल्यान्डको लागि ३ खेलमा १ गोल गरेका छन्। एजेन्सी
Facebook Comments


























