साउन २० । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुन तोलामा ३०० रुपैँयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैँयामा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ थियो।
चाँदीको मूल्य भने आज १० रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























