साउन १९ । इंग्लिस क्लब ब्राइटनका डिफेन्डर एडम वेबस्टरले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। डिफेन्डर एडमले थप पाँच वर्ष क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन्।
अब २६ वर्षीय डिफेन्डर २०२६ सम्म ब्राइटनमा बस्ने छन्। सेन्टर ब्याक एडम सन् २०१९ मा ब्रिस्टोल सिटीबाट ब्राइटन आएका थिए। एडमले ब्राइटनका लागि ६० प्रिमियर लिग खेलमा ४ गोल गरेका छन्। एडमले इंग्ल्यान्डको यू-१८ र यू-१९ टोलीबाट खेलिसकेका छन्। एजेन्सी
Facebook Comments


























