काठमाडौं, साउन १९ । सत्ता गठबन्धन कार्यदलको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्नेछ। बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार संचालन कार्यविधि तय गर्ने कांग्रेस महामन्त्रीसमेत रहेका कार्यदल सदस्य पूर्णबहादुर खड्काले जानकारी दिए।
कार्यदलले साझा कार्यक्रम तयार गरेर शीर्ष नेतालाई हस्तान्तरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी छ। आज न्यूनतम कार्यक्रममा सहमति जुटे बुधबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने नेताहरुले बताएका छन्।
कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते सरकार गठन भए पनि मन्त्रिपरिषद् विस्तार नभएको भन्दै आलोचना हुन थालेको छ। हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्। महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन्।
Facebook Comments


























