साउन १८ । अमेरिकाले कोनकाफ गोल्डकप फुटबलको उपाधि जितेको छ। एलिजेन्ट स्टेडियममा सोमबार भएको फाइनलमा मेक्सिकोलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले उपाधि जितेको हो।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा अमेरिकाका माइल्स रोबिनसन नायक बने। उनले खेलको ११७ औं मिनेटमा गोल गर्दै अमेरिकालाई उपाधि दिलाए।
यस अघि अमेरिकाले मेक्सिकोलाई नै हराएर पहिलो संस्करणको कोनकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको थियो। त्यस फाइनलमा अमेरिकाले मेक्सिकोलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गरेको थियो। एजेन्सी
Facebook Comments


























