साउन १७ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत शुक्रबारको मूल्यमा प्रतितोला ५०० रुपैयाँले घट्दै ९२ हजार ४०० रुपैयाँमा झरेको हो।
गत शुक्रबार बजारमा सुन प्रतितोला अधिकतम ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले ने घट्दै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।
तर, यता चाँदीको मूल्य भने आइतबार स्थिर रहँदै गत शुक्रबारकै मूल्य एक हजार २८५ रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ।
Facebook Comments


























