साउन १७ । गायक सम्राट चौलागाईंले ‘आफ्नो गीत सम्झिनी पानी छम्किनी’ बोलको ‘तीज भर्सन’ ल्याएका छन्। ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ बोल रहेको गीतमा फिल्मका स्टार कलाकारको अभिनय देख्न सकिन्छ।
विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा भुवन केसी, दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्कासँगै गायक सम्राटको पनि अभिनय देख्न सकिन्छ। चार पुस्ताको प्रतिनिधित्व गराएर तयार गरिएको गीतको भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ।
भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरवहादुर थारुले गरेका छन्। गीतमा शब्द संगीत समेत गायक चौलागाईंकै रहेको छ।
Facebook Comments


























