साउन १६ । लेष्टर सिटीका विंगर मार्क अल्ब्राईटनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। विंगर मार्कले २०२४ सम्म क्लबमा बस्ने गरि सम्झौता नवीकरण गरेका हुन्।
लेष्टरले ३१ वर्षीय विंगरले सम्झौता नवीकरण गरेको पुष्टि गरेको छ। इंग्लिस फुटबलर मार्क सन् २०१४ मा एस्टन भिल्लाबाट लेष्टर आएका थिए। लेष्टरका लागि मार्कले २ सय ५३ खेल खेलेका छन्।
गत सिजन उनले ३१ खेलमा १ गोल गरेका थिए। मार्कले लेष्टरबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन्। एजेन्सी
Facebook Comments


























