काठमाडौं, साउन १६ । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुने उनले बताए। माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए पनि सो समूह सहमतिमा नआएपछि बैठक डाकिएको तामाङले जानकारी दिए।
Facebook Comments


























