साउन १४ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ।
हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो। यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ। यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो।
यता चाँदीको मूल्यमा वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ। हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो।
Facebook Comments


























