साउन १३ । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ जापानमा जारी छ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबार मध्यान्नसम्म कुल ८३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ३२ राष्ट्रले स्वर्ण पदक जितेका छन्।
टोकियो ओलम्पिकको छैटौं दिन पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ। अमेरिका र चीनलाई पचाई पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको हो।
जापानले ११ स्वर्ण पदकसहित कुल २० पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले १० स्वर्णसहित कुल २९ पदक जितेको छ। चीन १० स्वर्णसहित कुल २३ पदक जितेर तेस्रो स्थानमा रहेको छ।
रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल १९ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १५ पदक जितेर पाँचौं स्थानमा रहेको छ। यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ३/३ स्वर्ण पदक हात पारेका छन्। २ स्वर्ण जित्नेमा क्यानडा, फ्रान्स,जर्मनी र कोसोभो रहेका छन्।
बुधबार नेपालका पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छिन्। गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। एजेन्सी


























