काठमाडौं, साउन १३ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्तारूढ गठबन्धनको बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको उनले बताए। माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्री टुंगो लगाउन बैठक बोलाइएको थियो।
सत्ता गठबन्धनकोे बैठकबाट मन्त्रिपरिषद् विस्तारको विषय टुुंगो लागे आज स्थायी कमिटी बैठक बस्ने मंगलबारको बैठकपछि नेताहरुले बताएका थिए। आज बिहानको गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिएको छ। गठबन्धनका शीर्ष नेताहरुको बैठक आजै बस्ने तयारी भएको समेत बताइएको छ।
Facebook Comments


























