काठमाडौं, साउन १३ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धन छलफलमा छन्।
गठबन्धनका नेताबीच सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। सरकारलाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन्।
जनता समाजवादी पार्टी जसपाको आधिकारिकता सम्बन्धी विवाद समाधान भएपछि गठबन्धनको बैठक बस्न लागकेको हो। जसपाको आधाकारिकता विवाद टुंगिए पनि नेकपा एमालेको माधवकुमार नेपाल समूह सरकारमा जाने नजाने टुंगिएको छैन। नेता नेपालले पार्टीभित्रको विवाद हल हुने अपेक्षासहित सरकारमा जानेनजाने बारे गठबन्धनमा खुलस्त भनेका छैनन् भने देउवा र प्रचण्ड नेपालसमूहसहितका नेतालाई सरकारमा पठाउने गरी गृहकार्य गरिरहेको छ।
उनीहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन्। गठबन्धनमा आबद्ध दलहरुले नेपाल समूहलाई समावेश गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन जोड दिएका छन्।


























