साउन १२ । इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो टिमको प्रशिक्षणमा फर्किएका छन्। पोर्चुगिज रोनाल्डो युरोकपको कारण ढिला गरि प्रि-सिजनको तयारीमा फर्किएका हुन्।
रोनाल्डोले आइतबारबाट टुरिनमा टिमसँग प्रशिक्षण सुरु गरेका छन्। ३६ वर्षीय रोनाल्डो सन् २०१८ मा रियल मड्रिडबाट युभेन्ट्स आएका थिए। यस सिजनको अन्त्यसँगै उनको सम्झौता सकिदैछ।
पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोले हालसम्म सम्झौता नवीकरण गरेका छैनन्। रोनाल्डोले युभेन्ट्सका लागि १ सय ३३ खेलमा १ सय १ गोल गरिसकेका छन्। उनले दुई सिरी ‘ए’ समेत जितेका छन्। एजेन्सी
Facebook Comments


























