मकवानपुर, साउन ११ । १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकर मकवानपुरको कुन्छाल पुलबाट खसेर दुर्घटना भएको छ। अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो।
बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन्।
Facebook Comments


























