काठमाडौं, साउन ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर पौडेलले सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छोरी गंगा दाहालले जानकारी दिएकी छन्। यसअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सीताको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड निवास पुगेका थिए। सीता लामो समयदेखि अस्वस्थ छिन्।
Facebook Comments


























