सञ्जय चौधरी, चितवन । पहिलाका थारु महिलाहरुको विहे भएपछि अनिवार्यरुपमा ट्याटु (टीका) खोप्नै पर्ने चलन थियो। आजभन्दा ५०/६० वर्ष अघिसम्म थारु समूदायका महिलाहरुले आफ्ना हात, खुट्टामा ट्याटु खोपेर विभिन्न चित्र बनाएको देख्न पाइन्थ्यो। तर हिजो आज भने त्यो कमैमात्रामा देख्न पाइन्छ। त्यो पनि वृद्ध महिलाहरुको हातखुट्टामा मात्र। पछिल्ला दिनमा थारु समूदायका महिलाले नभई विभिन्न जातजातिका युवा युवतीहरुले पनि आफ्नो शरिरमा ट्याटु हानेको देख्न पाइन्छ।
थारु समुदायमा पहिलाका महिलाहरुले विहेभन्दा अगाडी र विहे भएपछि अनिवार्यरुपमा ट्याटु (टिका) खोप्नै पर्ने चलन थियो। यदि विहे भएको महिलाले आफ्ना हातखुट्टामा ट्याटु (टीका) खोपेको छैन भने त्यस महिलाले पकाएका खानेकुराहरु परिवार तथा गाउँसमाजका मानीसहरुले खादैनथे। उसको हाथको पानी पनि चल्दैनथ्यो।
रत्ननगर नगरपालिका -१० की ६५ बर्षीया माया महतोले भनिन् –‘ त्यतिवेला थारु समुदायमा विहे भएपछि हातखुट्टामा अनिवार्य रुपमा ट्याटु (टीका) खोप्नुपर्ने चलन थियो।’ विहे भयो की पैतलादेखि घुँडासम्म फलामको सियोले खोप्नु पथ्र्याे । उनले भनिन् सातवटा फलाको सियो, धागो, मानिसको दुध, गाजल (ध्वासो) मिसाएर ट्याटु (टीका) को रङग बनाईन्थ्यो।
थारु समुदायका महिलाहरुले हातखुट्टामा खोप्दै आएको चलनलाई अबका युवतीहरुले बिर्सिसकेको महतोले बताइन्। हिजोआजका युवा, युवतीहरुले हातको पाखुरामा विभिन्न डिजाइनका चित्र बनाईको देख्छु महतोले भनिन्, ’अहिले महिला भन्दा पनि युवा, युवतीहरुले खोप्ने गरेका छन्।’ थारु समुदामा चल्दै आएको परम्परागत ट्याटु (टीका) खोप्ने चलनलाई हिजोआजका युवा, युवतीहरुले पछ्याउन थालेका छन्।
शरिर खोप्नलाई यसरी बनाइन्थ्यो रंग
एकपटक खोप्यो भने जीवनभरका लागि हुन्थ्यो। त्यसका लागि कुनै अलग्गै रङको व्यवस्था नगरेर घरमै बनान्थ्यो । मत्तितेलको टुक्की बालेर कालो मोसो बनाउँने गरेको रत्ननगर नगरपालिका -१० की माया महतोले बताईन्। ‘उक्त मोसोमा महिला मान्छेको दुध, र काला मोसो मिसाएर रङ बनाईन्थ्यो। त्यही रङले पहिल खुट्टामा चित्र कोर्ने अनि सियोले गोडा र हातमा विभिन्न बुट्टा खोपिन्थ्यो।’
टीका खोप्नका लागी छिमेकी देश भारतबाट केही महिलाहरु आउने गर्दर्थे। दुईटा हातमा टीका खोपेको रु ५/५ का दरले १० रुपैँया र दुईवटा खुट्टामा ५/५ का दरले १० रुपैँया गरी रु २० सहित, नुन, तेल, बेसार, तरकारी, कुखुरा, रक्सि ईत्यादी खानेकुरा ट्याटु (टीका) बनाउने महिलालाई उपहार दिईन्थ्यो।
अहिले कोहीपनि खोप्दैनन्। खोपेपनि मेसिनले खोप्छन् जुन चित्र पहिलेको भन्दा निकै राम्रो देखिन्छ। महतोले भनिन् ‘पहिले नखोप्दा अप्ठ्यारो लाग्थ्यो, अहिले यहि चित्र देखेर किन खोपे जस्तो पनिलाग्छ।’
जति पीडा भएपनि शरीरभरी ट्याटु (टीका)
थारु समुदायमा प्रचलित यो ट्याटु (टीका) खोप्ने संस्कृति अहिले पनि जीवित छ। चितवको कुनै थारु गाउँ पुग्नुभयो भने जीउभरी कलात्मक चित्र खोपिएका महिला भेट्नु सक्नु हुनेछ।
जति नै पीडा भएपनि थारु महिला हाँतखुट्टामा ट्याटु (टीका) बनाएरै छाड्थे रत्ननगर नगरपालिका -१० उन्नती टोलकी ७२ वर्षीया मगरी चौधरीले बताइन्। पहिले र अहिलेको ट्याटु बनाउन विधि भने फरक छ। पहिले कपडा सिलाउने सियोले खोप्नुपथ्र्यो। ट्याटु बनाउन एउटा होइन, सात वटासम्म सियोले एकसाथ खोप्ने चलन थियो।
‘हातखुट्टामा सियो रोप्दा कति रगत बग्यो, बग्यो तर पीडाको पर्वाह नगरी ट्याटु (टीका) खोपियो, एक हप्तासम्म सुन्नियर काम गर्न सकिन्थेन चौधरीले भनिन्।’
उनले भनिन् ‘खोप्दा जति दुख्छ, त्यो भन्दा कयौं गुणा बढी पखाल्ने बेला दुख्छ। टीका खोपेको आधा घण्टा पछि गाईको गोबरले पखाल्नु पर्ने हुन्छ। सुनिएर रातो भएको खुट्टामा बेसार र तेल मिसाएर औषधीको रुपमा लाउँथ्यो।’
ट्याटु (टीका) बनाउदा हाथमा शंख चुरा, मयुर, ढक्कन र खुट्टामा बुटहारा, पैतालामा खराउ, छाति र ढाडमा मयुर आदी चित्रहरु बनाउने गर्दथे।

यो पनि विश्वास छ कि जब उहाँहरु मर्नुहुनेछ, कोही पनि उहाँहरुको साथ अर्को संसारमा जानुहुने छैन तर ट्याटू भने उहाँहरु सगै जान्छ। यो स्थायी गहनाको एक रूप हो, जुन न त चोरले नै चोर्न सकिन्छ न त मेटाउन नै सकिन्छ साथै उहाँहरु आफ्नो शरीरको ट्याटूको साथ धेरै राम्रो सुन्दर महसुस पनि गर्नुहुन्छ।
पछिल्लो समय युवतीहरू वक्षस्थल, नाइटोलगायत अंगमा ट्याटु खोप्छन्। युवाहरूले पाखुरा, पिठ्यु लगायत अंगमा ट्याटु खोपेको देखिन्छ। ट्याटुको क्रेज ग्रामीणभन्दा शहरीया युवायुवतीमा बढी रहेको पाइन्छ।
नवपुस्ता ट्याटु कलाबाट प्रभावित भए पनि पुरानो पुस्ता भने ट्याटु (टीका) अर्थात् हात र खुट्टामा चित्र खोप्ने संस्कृतिबाट भिजेको छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











