काठमाडौं, साउन ९ । सरकार सञ्चालन गरिरहेको गठबन्धनका बीचमा छलफल शुरु भएको छ।
आजको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समेत सहभागी छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँगै महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी समेत सहभागी छन्।
यसअघि आजै बिहान मात्रै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए। सरकारलाई पूर्णता दिने र न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल हुने जनाइएको छ।
Facebook Comments


























