साउन ७ । टोकियो ओलम्पिकको पुरुष फूटबल तर्फ उद्घाटन खेलमा स्पेन इजिप्टसँग बराबरीमा रोकिएको छ। समूह सी को पहिलो खेलमा इजिप्टले स्पेनसँग अंक खोसेको हो।
६२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि स्पेन गोल गर्न भने असफल भएको थियो। स्पेनका करीब एक दर्जन प्रहारले पोष्टको दिशा लिन सकेन। आफ्नो दोस्रो खेलमा स्पेनले अष्ट्रेलियासँग खेल्नेछ भने इजिप्टले अर्जेन्टिनाको सामना गर्नेछ।
Facebook Comments


























