काठमाडौं, साउन ७ । कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौँ आइपुगेको छ। बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ। निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ।
बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ। नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो।
Facebook Comments


























