चितवन, साउन ७ । नेपाली कांग्रेसको १४औं महाअधिवेशन जति जति नजिकिँदै छ, त्यति नेताहरुबीच नेतृत्व हत्याउने रणनीति तयारी हुँदै गईरहेको समयमा भरतपुर महानगर समितिको सभापति पदमा वचन कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आज (बिहिवार) भरतपुरको सिजि ल्यान्डमार्कमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाली काङ्ग्रेस भरतपुर नगरको भावी नेतृत्वका लागि उनले १२ बुदे घोषणापत्र जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली काङ्ग्रेसका विभिन्न भातृ संगठन , विद्यार्थी सङ्घ, नेपाल तरुणदल लगाएतका संगठनमा काम गरिसकेका कार्कीले महानगर वासीको समस्या समाधानमा आफू छुट्टै एजेन्डाका साथ अगाडि बढेको बताए।
विद्यार्थी राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका कार्कीले जिल्लामा सालिन, भद्र र बौद्धिक युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन्।
हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने उनले बताए।
राजनीतिक रुपमा चलायमान गर्नका लागि नेतृत्वको कुरा पनि अत्यन्तै महत्वपुर्ण रहेकोले भरतपुर नगर सभापतिको नेतृत्वमा जाने निर्णय गरेको कार्कीले पत्रकार सम्मेलनमा आफू उम्मेदवार हुनेमा कुनै शंका नगर्न आग्रह समेत गरेका छन्।
पार्टीका विभिन्न भातृ संगठनलाई अत्याधुनिक बैज्ञानिक रुपमा संचालन गर्नुपर्ने पहिलो मुख्य एजेण्डा भएको र संगठनलाई सशक्त र चुस्त बनाउने मेरो अर्को एजेन्डा हो पार्टीका पक्तिलाई प्रशिक्षित र प्रभावशाली बनाउने, भरतपुर महानगरपालीका संग समन्वय गर्दै शिक्षा स्वास्थ र रोजगारीलाई प्राथमिकतामा राख्ने , महानगरमा नेपाली कांग्रेसको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याउने, नेपाल सरकारले प्रदान गरेको स्वास्थ्य बिमा अन्तर्गत लाग्ने शुल्कमा आधा छुट गर्ने , भरतपुर महानगरको वडा न ६, ११, १२, १३, १५, १६, १७, २२, २३, २४, २५ मा बन तथा बन्यजन्तुको आक्रमण बाट हुने क्षेतिको सन्दर्भमा क्षेतिपुर्तीको द्रुत पहलका लागि निकुञ्ज तर्फ समन्वय गर्ने दाबि गरेका छन्। नेपाली कांग्रेसले देशको यथार्थलाई बुझेको र अब युवा पुस्ताले नेतृत्व लिनुपर्ने भएको कारण आफू राजनितीमा होमिएको बताए। नेपाली कांग्रेसलाई स्थापित गर्ने युवाको नितान्त आवश्यकता भएकोले आफु अघि बढेको उनले बताए।


























