साउन ४ । नयाँ सिजनको प्रिमियर लिगको तयारीमा रहेको म्यानचेस्टर युनाइटेड मैत्रीपूर्ण खेलमा बिजयी भएको छ। आइतबार भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई २-१ गोलले हराएको हो।
प्राइड पार्क स्टेडियममा युनाइटेडलाई जित दिलाउन ताहिथ चोङ र फाकुन्डो पेलिस्ट्रीले एक एक गोल गरे। डर्बीका कोलिन काजिम रिचार्ड्सले एक गोल फर्काए।
१८औँ मिनेटमा चोङले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ५९औँ मिनेटमा फाकुन्डोले गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए। ७०औँ मिनेटमा डर्बीका कोलिनले एक गोल फर्काए पनि अन्ततः युनाइटेडले खेल २-१ ले जित्यो। एजेन्सी
Facebook Comments


























