काठमाडौं, साउन ३ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ। ललितपुरको च्यासलस्थित् तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा भोलि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे निर्णय हुने बुझिएको छ। आजको स्थायी कमिटी बैठक स्थगित् गर्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आग्रह गरेको थियो।
तर, अध्यक्ष केपी शर्मा ओलीले अब बैठक कुनैपनि हालतमा नरोक्ने जवाफ दिएका थिए। उनले यसअघि कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने दिशामा सबै लाग्नुपर्नेमा जोड दिएका थिए। आजको बैठकमा नेपाल पक्ष सहभागी छैन्।
नेपाल पक्षको बैठक छुट्टै बसिररहेको छ। आज बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन्। नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरिसकेको छ। तर, एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ।
Facebook Comments


























