काठमाडौं, साउन ३ । सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ।
बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा अबको संसद अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादी प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। माओवादीले बैठकमा उपस्थित हुन सबै सदस्यहरूलाई ह्वीप जारी गरेको छ।
Facebook Comments


























