साउन ३ । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख प्रि-सिजनको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ। शनिबार राति सम्पन्न खेलमा एफसी कोल्नसँग बायर्न ३-२ गोलले पराजित भएको हो।
सुरुवाती अग्रता बार्यनले बनाए पनि कोल्नले पुनरागमन जित निकालेको थियो। खेलको छैटौँ मिनेटमा अर्मिन्डो सिएबले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। २० औँ मिनेटमा जान थिलमानले गोल गर्दै कोल्नलाई १-१ गोलको बराबरीमा ल्याए।
२७ औँ मिनेटमा मार्क उथले गोल गर्दै कोल्नलाई २-१ को अग्रता दिलाए। ३५औँ मिनेटमा जोशुवा जिर्कजीले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरीमा फर्काए। खेलको ५६औँ मिनेटमा मार्कले व्यक्तिगत दोस्रो गोल गर्दै कोल्नलाई ३-२ को जित दिलाए। एजेन्सी
Facebook Comments


























