काठमाडौं, साउन ३ । प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो।
दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन्। यसअतिरिक्त सरकारलाई संसदको पूरै कार्यकाल टिकाउन अरु दलसँग विश्वासको मत दिन पहल गराउने विषयमा पनि छलफल हुने सांसद डा।मिनेन्द्र रिजालले जानकारी दिए।
Facebook Comments


























