काठमाडौं, साउन २ । संघीय संसदको नवौं अधिवेशन अन्तर्गत भोलि राष्ट्रियसभा बैठक बस्दैछ। बैठक अपरान्ह ४ बजेलाई बोलाइएको छ। संसद सचिवालयले भोलिका लागि २ सम्भाविक कार्यसूची तय गरेको छ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने रहेको छ। त्यस्तै दोस्रो कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ।
Facebook Comments


























