काठमाडौं, साउन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताबीच बालकोटमा छलफल भएको छ।
एमाले अध्यक्ष ओलीहरु भेट्न जसपा नेताहरू बालकोट पुगेका थिए। जसपा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा बालकोट पुगेका हुन्।
भेटमा आगामी संसद अधिवेशन, प्रधानमन्त्रीलाई दिने विश्वासको मतलगायतका विषयमा छलफल भएको बताइएको छ। साथै नयाँ प्रधानमन्त्री चयन भएपछि सत्ता सहकार्य गरेका दुई दलबीच आगामी रणनीतिबारे पनि छलफल हुने बताइएको छ।
Facebook Comments


























