साउन २ । विश्व नम्बर एक नोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने भएका छन्। विम्बलडन विजेता जोकोभिचले सर्बियाका लागि टोकियो ओलम्पिकमा सहभागीता जनाउने पक्का गरेका हुन्।
३४ वर्षिया खेलाडीले आफु टोकियो ओलम्पिकमा सहभागी हुने बताएका छन्। उनले सर्बियाका लागि खेल्नु गर्वको विषय भएको बताए। जेकोभिचले आईतबार विम्बलडन जितेका थिए। उनले करियरको २० औं ग्रान्डस्लाम हात पारेका थिए। उनले लगत्तै ओलम्पिक खेल्ने/नखेल्ने विषयमा केही बोलेका थिएनन्।
उनले टोकियो ओलम्पिकमा एकल स्वर्ण जितेर अमेरिकी ओपन समेत जितेको खण्डमा गोल्डेन स्लाम पुरा गर्ने पहिलो पुरुष खेलाडी बन्नेछन्। यसमा चार ग्रान्डस्लाम सहित एक ओलम्पिक स्वर्ण समेत रहेको छ। स्टेफी ग्राफ एक खेलाडी हुन्, जसले सन् १९८८ मा चार ग्रान्डस्लाम र ओलम्पिकमा स्वर्ण जितेकी थिईन्। एजेन्सी
Facebook Comments


























