साउन २ । दक्षिण अफ्रीकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ। डुब्लीनमा शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ७० रनले हराएको हो।
दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो। आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले। कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले। ह्यारी टेक्टर २९ रनमा आउट भए।
दक्षिण अफ्रीकाका एडिले र ताब्रेज शाम्सीले ३र३ विकेट लिए। केशब महाराजले २ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो। दक्षिण अफ्रीकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले।
यस्तै क्विन्टन डी ककले १ सय २० रनको शतकीय इनिङ्स खेले। रुस्सी भान डेरले ३० रन बनाए। आयरल्याण्डका जोश लिटलले २ विकेट लिए। दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ। पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको जित निकालेको थियो। एजेन्सी


























