काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले चीनको तर्फबाट बधाई दिएकी छन्। राजदूत यान्छीले बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन्।
प्रधानमन्त्री देउवाले ट्वीट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका छन्। उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन्।
‘आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ। म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।
भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल भएको थियो।
यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्यान्डी बेरी बुढानीलकण्ठ पुगेका थिए।
Facebook Comments


























