असार ३१ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























