काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थक पक्षले फैसला नमान्दै भन्दै प्रदर्शन गरेका छन्।
ओली पक्षका कार्यकर्ताहरूले सर्वोच्च अदालतका कुनै पनि फैसला नमान्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन छन्। माइतीघरमा विरोध सभापछि नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरिएको छ। सभालाई एमाले नेता एवं युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले सम्बोधन गरेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते दोस्रो पटक संसद विघटन गरेका थिए। उक्त विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै सोमबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।
सर्वोच्चले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।


























