काठमाडौं, असार २८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। सर्वोच्चको फैसलाको स्वागत गर्दै नेता नेपालले संविधान, संसद र लोकतन्त्रको रक्षा भएको प्रतिक्रिया दिएका छन्।
पूर्व प्रधानमन्त्री नेपालले भने, ‘सर्वोच्चको फैसलाले लोकतन्त्र र संविधानको रक्षा गरेको छ। सबैलाई नैतिक मूल्य मान्यतामा रहन निर्देशन पनि दिएको छ।’ अदालतले यस पटक आफ्नो गरिमा बढाएको उनको भनाइ छ।
संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्दा सांसदलाई दलको ह्वीप नलाग्ने सर्वोच्चले आदेश दिएको छ। नेता नेपालले संविधानमा केही अस्पष्टता रहेको तर त्यो पनि ब्याख्या गरिदिएको बताए।
यसैबीच माधव नेपालनिकट एमाले पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले सर्वोच्चको फैसलाले ओली युग समाप्त भएको भन्दै आफूहरूको जित भएको टिप्पणी गरेका छन्।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










