काठमाडौं, असार २८ । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको भन्दै कांग्रेसले फैसलाको स्वागत गर्ने बताए। उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई विवेकपूर्ण तरिकाले सच्याएको छ।’
प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकार गठनको बाटो खोलेको अवस्थामा अब सरकार निर्माण हुने भन्दै भने, ‘सरकार निर्माण हैन इतिहास निर्माणको अवसर कांग्रेसले पाएको छ।’
प्रवक्ता शर्माले कांग्रेस पदाधिकारी बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्ने समेत बताए। केहीबेरपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक शुरु हुने उनले जानकारी दिए।
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











