काठमाडौं, असार २८ । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ।
कार्यदलमा सहमति जुट्न ढिलाइ भएपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सारिएको हो। बैठक आज बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै एमाले विवाद समाधान कार्यदलमा सहमति जुटेपछि पार्टी विभाजन हुनबाट जोगिएको छ। कार्यदलले आइतबार राति १० बुँदे सहमति सार्वजनिक गरेपछि एमालेभित्र उत्साह छाएको छ।
कार्यदलले तयार गरेको ‘विद्यमान समस्या समाधानसम्बन्धी प्रस्ताव’ लाई मङ्गलबार बस्ने केन्द्रीय कमिटीको बैठकले समेत अनुमोदन गर्नेछ।
Facebook Comments


























