काठमाडौं, असार २८ । अमेरिकी खोप जोनसन एण्ड जोनसन नेपाल आइपुगेको छ। एक मात्रै डोज लगाए पुग्ने अमेरिकी खोपको १५ लाख ३४ हजार ८५० डोज जेनसेन खोप कतार एयरबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्। अमेरिकाले कोभ्याक्स सुविधामार्फत यो खोप नेपाललाई दिएको हो।
Facebook Comments


























