असार २० । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ। यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन्।
इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ। पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन्। दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
सेमिफाइनलको खेल तालिकाः
बुधबार राति पौने १ बजे- इटाली विरुद्ध स्पेन
बिहीबार राति पौने १ बजे- डेनमार्क विरुद्ध इंग्ल्यान्ड
Facebook Comments


























