काठमाडौं, बैशाख २० । सरकारले गण्डकी सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई नियुक्तिको सिफारिस गरेको हो।
नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन्। उनी महिला आन्दोलनमा लागेकी व्यक्तित्व भएकाले नियुक्तिका लागि सिफारिस गरिएको बालुवाटार स्रोतले जानकारी दियो।
Facebook Comments


























