असार २० । युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। रोममा शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो।
इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे। यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे। स्टाडियो ओलम्पिको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरे।
दोस्रो हाफमा भने इंग्ल्यान्डले लगातार गोल गर्यो। ४६ औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए। लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरे।
खेलको ५० औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए। उनले शकै पासमा हेडमार्फत गोल गरे। त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए।
राइसको स्थानमा ५७ औं मिनेटमा मैदान पसेका उनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरे। इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो। यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ।
यस अघि राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको हो। युक्रेनले भने स्विडेनलाई २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको थियो। एजेन्सी

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








