जनकपुरधाम, असार १८ । जंगली हात्तीको आक्रमणबाट आज बिहान एकजना किसानको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ औधापुरका ४५ बर्षीय रामदेव पटेलको मृत्यु भएको हो।
खेतमा काम गरिरहेका पटेललाई बिहान करिब पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पटेललाई उपचारकालागि कलैया अस्पतालमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
जङ्गल क्षेत्रबाट करिब १५र१६ किलोमिटर टाढा सदरमुकाम कलैया नजिक आएर हातीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
Facebook Comments


























