काठमाडौं, असार १३ । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि जारी रहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
बैठकमा मन्त्रिपरिषद विस्तारविरूद्धको सर्वोच्च अदालतको आदेश, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे छलफल एवं समीक्षा भइरहेको जनाइएको छ।
आजको बैठकमा पनि नेपाल पक्षधर कोही पनि नेता सहभागी छैनन्। पार्टी विवाद हल गर्ने प्रयत्नस्वरूप पटकरपटक स्थगित गरिएको बैठक आज बसेको हो।
Facebook Comments


























