मकवानपुर, असार १३ । मकवानपुरको राक्सिराङबाट ७९ किलो गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर–९ बस्ने वर्ष २० का प्रताप स्याङतान र कैलाश गाउँपालिका वडा नम्बर–२ बस्ने वर्ष ४३ लालबहादुर स्याङतान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार उनीहरुलाई राक्सिराङ गाउँपालिका वडा नम्बर–५ परेवाभिर सडक खण्डबाट पक्राउ गरिएको हो।
सोमबार दिउँसो १ बजेको समयमा परेवाभिरको सडक खण्ड हुँदै मकवानपुरको कैलाश गाउँपालिकाबाट मनहरीतर्फ ल्याउँदै गरेको गाँजासहित २ जनालाई प्रहरी चौकी चैनपुर मकवानपुरबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो।
Facebook Comments


























