काठमाडौं, जेठ ३१ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा परेको पुनरावलोकन (भ्याकेट) को निवेदनउपर आज सुनुवाइ हुँदैछ।
सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलास तोकिएको छ। अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग(अलग भ्याकेटका निवेदन परेका छन्।
राष्ट्रिय जनमोर्चाका सांसद थापाले पार्टीको निर्देशन उल्लघंन गरेको भन्दै पार्टीले उनलाई कारवाही गरेको थियो। अदालतले भने थापालाई पुनर्वहालीको आदेश दिएको थियो।
Facebook Comments


























