काठमाडौँ, १३ जेठ। नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको छ। ‘विप्लव समूह’ले गरेको नेपाल बन्दका क्रममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँबाट सात, ललितपुरबाट चार, सुर्खेतबाट दुई तथा रुकुमपश्चिम र झापाबाट एक÷एक जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए।
नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई तथा सुर्खेत, नवलपुर, कालिकोट र रामेछापमा एक/एक सवारी साधनमा आगजनी गरिएको छ। आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले। -रासस