जेठ ३१ । कोपा अमेरिका फुटबलमा कोलम्बियाले सुखद सुरुवात गरेको छ। सोमबार बिहान कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको हो।
कोलम्बियाको जितमा एडविन कार्डोनाले विजयी गोल गरे। इक्वेडरविरुद्ध कोलम्बियाको प्रर्दशन खासै गतिलो भने रहेन। तर सेट पिसमा कार्डोनाको सिर्जनात्मक गोल भने खास रह्यो।
अर्जेन्टिनी क्लब बोका जुनियर्सका खेलाडीको गोललाई सुरुवातमा अफसाइड मानिएको थियो। तर भारमार्फत सो गोललाई मान्यता दिईएको थियो। सोही गोल कोलम्बियालाई महत्वपुर्ण तीन अंक दिलाउन पर्याप्त रह्यो।
समूह बीको खेलमा ब्राजिल र कोलम्बियाले जित निकालेका छन्। दुवैले समूहमा तीन–तीन अंक जोडेका छन्। ब्राजिलले समेत सुरुवाती खेलमा भेनेजोएलालाई ३–० ले हरायो। एजेन्सी
Facebook Comments


























