जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने सहज र छिटो प्रक्रिया चुनाव नै भएको उल्लेख गरेका छन्। प्रजातान्त्रिक बाटो छाडेर विपक्षीहरु अदालत र सडक धाइरहेको उनको टिप्पणी छ।
‘केपी शर्मा ओलीले देश वर्वाद पारे भनि अरण्यरोदन गर्नेहरु ओलीलाई नै बलियो बनाउने काममा लागेका छन्।’
उनले सामाजिक संजालमा लेखेका छन्, ‘चुनावबाट ओली हटाउने सहज, छिटो र प्रजातान्त्रिक बाटो छोडेर विपक्षीहरु अदालतरसडक धाउँछन्। फेरि ओलीलाई बलियो बनाएर फर्कन्छन्, षडयन्त्रको त्रास देखाएर रोदन जारी राख्छन्।’
उनले अब चुनाव नै उपयुक्त विकल्प भएको उल्लेख गरेका छन्।
Facebook Comments


























