जेठ २५ । शेयर बजार परिसूचक नेप्से मंगलबार ५३.४४ अंकले बढेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्सेमा उत्साहजनक वृद्धि भइ आज २९६०.१४ बिन्दुमा पुगेको हो।
आज होटल, माइक्रोफाइनान्स र इन्भेष्टमेन्ट समूहबाहेक सबै समूहका परिसूचकमा वृद्धि भएको छ। विकास बैंक ९.०४ प्रतिशतले बढेको छ त्यस्तै वित्त समूहको परिसूचक ८.७१ प्रतिशतले बढेको छ।
बैंकिङ समूहको परिसूचक १.०३ प्रतिशतले बढेको छ। सात कम्पनीको शेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ। मुक्तिनाथ विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र श्री फाइनान्सको शेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको हो। सर्किट ब्रेकर लागेका कम्पनीसँगै ३६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ।
आज ३ करोड ५७ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल १६ अर्ब ९५ करोड रुपैयाँ शेयर कारोबार भएको छ।


























