जेठ ९ । साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचकले हालसम्मकै ऐतिहासिक रेकर्ड राखेको छ। नेप्से ३२.८१ अंकले बढेर २८२० मा पुगेर ऐतिहासिक उचाइ कायम गरेको हो।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल्स तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त समूहको परिसूचक घटेका छन भने बैंक, जलविद्युत्, वित्त, उत्पादन तथा प्रशोधन,व्यापार, अन्य,जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक बढेको छन्।
यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयर १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ। आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको रू४१ करोड ८६लाख बराबरको शेयर कारोबार भएको छ।
Facebook Comments


























